सात नं. प्रदेशका मुख्यमन्त्री बैतडीमा, सार्बजनिक महत्त्वका विषयमा गराईयो ध्यानाकर्षण

मा प्रकाशित


पाटन ।

सात नं. प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट शनिबार बैतडीको पाटन पुग्नु भएको छ ।

सञ्चारिका समुहले महिला हक हितका पक्षमा आवाज उढाउँदै आएको समकोण कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री पाटन पुग्नु भएको हो ।

सोही अवसरमा बामगठबन्धन बैतडीले जिल्लाका सार्बजनिक महत्वका विषय समेटिएको आठ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । त्यस्तै पाटननगरपालिका, निर्माण ब्यबसायी संघ बैतडीले मुख्यमन्त्री भट्टलाई विभिन्न माग सहितका ज्ञापन पत्र बुझाएका छन् ।

मुख्यमन्त्री पाटन पुगेका बेलामा जिल्ला स्थित सबै सरकारी कार्यालयका कर्मचारीहरुलाई जनता पक्षमा काम गर्न आवश्यक निर्देशन दिनु भएको छ ।

ध्यानाकर्षण पत्रका मुख्य बुदाहरुः

  • मध्य पहाडी लोकमार्गको अन्तिम बिन्दुका रुपमा रहेको बैतडी जिल्लाको झुलाधाटबाट पनि सडक बिस्तारको काम थालनी गर्न पहल कदमी गरियोस् ।
  • देशकै १० औं नमूना शहरका रुपमा बैतडीको पाटनलाई विकास गर्ने लक्ष्य राखिएको भए पनि काम अघि नबढेकोले आवश्यक तदारुकता देखाइयोस् ।
  • चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्न भए पनि बैतडी, दार्चुलाका ग्रामीण बस्ती आध्याँरोमै रहेकाले विद्युत बिस्तारका लागि पहल गरियोस् ।
  • बैतडी जिल्लाको प्रमुख पर्यटकीय स्थल र धार्मिक स्थल सिगासधुरा र ग्वाल्लेकधुरालाई संरक्षित क्षेत्रको विकास गर्न सरकारी स्तरबाट निर्णय गरिए पनि काम हुन नसकेकोले प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरियोस् ।
  • बैतडीको पुर्चौडी र मेलौलीको महारुद्रमा मौजुदा रहेका फलाम खानी बन्द रहेकोले सुचारु गरी उद्योग स्थापना गरी पहल कदमी गरीयोस् । साथै चमेलिया नदी र बैतडी जिल्लाका बिभिन्न स्थानहरुमा रहेको बहुमूल्य धातु सुन, युरेनीयम, चुन ढुंगा, स्लेटखानी र मार्बलको खोज अनुसन्धान गरी सञ्चालन गर्नका लागि पहल गरियोस् ।
  • बैतडीको नदिहरुमा भईरहेको नदी जन्य बस्तु उत्तखन्न गरी अनियन्त्रित दोहन नियन्त्रण गरियोस् ।
  • स्थानीय तहले विकास निर्माणको बजेट विनियोजित गर्दा हिजोका दिनमा लक्षित वर्गले पाउँदै आएको बजेट कटौती भएकोले प्रदेश सरकारबाट आवश्यक नियमन गरी निरन्तरता दिइयोस् ।
  • दक्षिण एसियाकै लामो र गहिरो गुफाका रुपमा रहेको बैतडीको पात्तालभुमेश्वर गुफा संरक्षण र सम्बर्धन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरियोस् ।
प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!