सहकारीको शरणमा बैंक

मा प्रकाशित


काठमाडौं ।

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन् । ऋण लगानी गर्न रकम नभएपछि आकर्षक व्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन् ।

बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च व्याज दिने प्रलोभनसहित सहकारी संस्थामा जान थालेका छन् ।

पहिला सहकारी संस्थाहरु निक्षेप संकलन भएको रकम थोरै व्याजदरमा भए पनि सुरक्षितसँग राखिदिनका लागि बैंक धाउनुपर्ने अवस्था रहेकोमा अहिले ठ्याक्कै उल्टो भएको छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: