विमान दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४९ पुग्याे

मा प्रकाशित


काठमाडौं ।
साेमबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएकाे यूएस बंगला विमानमा यात्रारत ४९ जना यात्रुकाे मृत्यु भएकाे बताइएकाे छ । विमानबाट ४० वटा शव निकालिएकाे छ भने उपचारका क्रममा ९ जनाकाे मृत्यु भएकाे छ ।

विमान दुर्घटनमा पर्ने यात्रुको अहिले पनि उद्दार कार्य जारी छ । शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।

अहिलेसम्म विमानमा कति यात्रु थिए भन्नेमा फरकफरक दाबी गरिएका छन् । नागरिक उड्डययन प्राधिकरणका अनुसार विमानमा ७६ यात्रु रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: