रेशम चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइयो

मा प्रकाशित


काठमाडौं ।
६ दिनदेखि कैलाली जिल्ला कारागारमा आमरण अनसनमा रहेका प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

चौधरी वीर अस्पतालको स्पेशल क्याबिनमा भर्ना भएका छन् । यसअघि उनको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको थियो ।

अञ्चल अस्पतालमा थप उपचार सम्भव नभएको र सुविधासम्पन अस्पतालमा पठाउन आवश्यक रहेको व्यहोराको पत्र अस्पताले प्रशासनमा बुझाएपछि उनी सेती अञ्चलबाट काठमाडौं रेफर भएका हुन्।

गत फागुन २० गतेदेखि चौधरीसहित २४ जना कारागारभित्रै अनसनमा बसेका थिए। टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका चौधरी लगायतले विभिन्न माग राख्दै अनसन जारी राखेका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!