राष्ट्रपति निर्वाचनको मतगणना सुरु

मा प्रकाशित


काठमाडौं ।

राष्ट्रपति निर्वाचनको मतगणना मंगलबार दिउँसो ४ बजेपछि सुुरु भएको छ । संघीय संसद नयाँ वानेश्वरमा राखिएको निर्वाचन अधिकृतको कार्यालयमा नै मतगणना सुरु गरिएको हो ।

दिउँसो ३ बजेसम्म भएको मतदानमा राष्ट्रपति चयनका लागि संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी ८६२ जनाले मतदान गरेका छन् । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई उम्मेदवार छन् ।

भण्डारीलाई नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलको समर्थन छ भने राईलाई कांग्रेसको समर्थन छ । नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीले निर्वाचन बहिस्का गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!