राष्ट्रपति निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि

मा प्रकाशित


काठमाडौँ ।
फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ ।

सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: