बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर घाईते

मा प्रकाशित


बैतडी ।

भालुले आक्रमण गर्दा मंगलबार बैतडीमा एक महिला गम्भीर घाईते भएकी छन् ।

घाईते हुनेमा दशरथचन्द नगरपालिका ४ जर्ग की ४५ बर्षीया शारदा पाण्डेय रहेको प्रहरीले जनाएको छ ।

जर्ग गाउँ नजिकै रहेको कोटकला जंगलमा बिहान ११ बजे बाख्रा चराउदै गरेकी पाण्डेयलाई भालुले आक्रमण गर्दा घाँटी, हातखुट्टामा गम्भीर चोट लागेको छ ।

पाण्डेयको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा सेती अंचल अस्पताल धनगढी रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!