बैतडीमा बेवारिसे शिशुको शव फेला

मा प्रकाशित


नरी बडु,
बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानी आँखा अस्पताल छेउमा बेवारिसे शिशु (बालिका) को शव फेला परेको छ । सोमबार दिउसो टाउको नभएको अवस्थामा शिशुको शव फेला परेको हो ।

शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शिशु जन्मनेवित्तिकै हत्या गरि फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्ने बारेमा केहि खुल्न सकेको छैन् ।

शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडीको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शिशुको शव पोस्टमाटमका लागि जिल्ला अस्पताल बैतडीमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: