बैतडीमा चितुवा मृत फेला

मा प्रकाशित


बैतडी ।

बैतडीको मेलौलीमा एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । सडेको अवस्थामा मेलौली नगरपालिका २ नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खोलामा माछा मार्न गएका युवाहरुले मृत चितुवालाई देखेपछि मंगलबार बिहानै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वन कार्यालयलाई खवर गरेको र शव परिक्षणपश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहा हुने बताईएको छ ।

चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । मेलौली नगरपालिकाका बिभिन्न ठाउमा चितुवाले आक्रमण गरि धेरैको ज्यान लिइसकेको छ भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमान गरिएको छ ।

चितुवाले वि स २०६८ साल यता तल्लोस्वराड क्षेत्रमा २३ जनाको ज्यान लिइसकेको छ । प्रसासनले धेरैपटक चितुवा मार्नका लागी तल्लोस्वराडमा प्रहरी र बनरक्षकको टोली पठाएको भएपनि फेला पार्न नसकि फर्किने गरेको छ ।

यही फागुन १४ गते राती मात्रै मेलौली नगरपालिका–९ रोकटाका डेढ बर्षिय बालक गणेश बहादुर चन्दलाई आफ्नै घरकै भुइँतले भान्छा कोठामा रहेका बेला चितुवाले आक्रमण गरी गम्भीर भाईते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!