फागुनसम्म योजना शुरू नभए चैतदेखि ‘रोक्ने’

मा प्रकाशित


अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्तिम समयमा मात्र विकास बजेट खर्च गरिने प्रवृत्तिले विकासका योजना लक्ष्य अनुसार सम्पन्न हुन नसकेको भन्दै फागुन मसान्तसम्ममा शुरू हुन नसकेका योजनाहरूमा रकम रोक्ने जनाएको छ।

बुधवार आर्थिक वर्षको अर्धवार्षिक समीक्षा र बाँकी अवधिमा गर्नुपर्ने सुधारबारे गरिएको छलफलमा शुरू हुन नसकेका योजनाका लागि विनियोजित बजेट अन्य आवश्यक योजनामा पठाइने अर्थ मन्त्रालयका प्रवक्ताले बताए।

बैशाखदेखि असार मसान्तसम्म हतारमा विकासको काम गरिँदा त्यस्ता कामहरू गुणस्तरीय हुनुभन्दा बजेट सिध्याउने उद्देश्यले मात्र गरिने हुनाले त्यसमा अंकुश लगाउन लागिएको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका हुन्।

अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले भने, “जुन आयोजनाहरू फागुन मसान्तसम्ममा पनि प्रारम्भिक कार्य गरिन्न तिनमा चैत्रबाट बजेट जाने बाटो बनाइँदैन।” -बिबिसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!