प्रेम बिवाह गर्न भाग्दैगर्दा प्रहरीले समात्यो, केटा दलित भएको थाहा पाँउदा केटिले जबरजस्तीकरणीको मुद्धा हालिन्

मा प्रकाशित


बैतडी ।

दोगडा केदार गाँउपालिकाका प्रकाश चुनारा संग एक गैर दलित युवतिको फोन बाट चिनजान भई प्रेम सम्बन्ध कायम भयो । उनिहरुले एक अर्कालाई भदौ महिनामा मेलामा भेटे प्रेम सम्बन्ध बढ्दै गयो, यहि फागुन महिनामा होलिको दिन उनिहरुको फेरी भेटघाट भयो ।

उनिहरु भागेर बिवाह गर्ने निश्कर्षमा पुगे, फागुन १७ गते भागेर भारत जाने भनी दुबैजना झुलाघाट पुगे, साँझ झुलाघाटमै होटेलमा बसे, त्यसपछि बिहानै भारत तर्फ जान लाग्दा सिमानाका झुलाघाट प्रहरीले उनिहरुलाई सोधपुछ गर्दा सुरुमा प्रकाशले आफु ऐरी भएको बताए, प्रहरीले उनलाई धम्काएपछि उनी आफु दलित (चुनारा) भएको बताए ।

केटा दलित भएको कुरा थाहा पाएपछि युवती बोलिनन्, प्रहरीले दुवैजनालाई आफन्तको जिम्मा लगाए, आफन्तको सहयोगमा युवतीले जिल्ला प्रहरी कार्यालय बैतडीमा मुद्धा दायर गरिन् प्रकाश अहिले प्रहरी हिरासतमा छन् युवती घर फर्किएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा दर्ता भएको मुद्धामा प्रकाशले युवतिलाई जबरजस्तीकरणी गरेको कुरा उल्लेख गरिएको डिएसपी हेरम्ब सर्माले बताए । दलित अधिकारकर्मी सरस्वती नेपालीले भनिन् ‘जात थाहा नपाए सम्म प्रेम थियो केटाकेटि २दिनरात संगै पनि बसे, जब जात थाहा पायो त्यसपछि जबरजस्तीकरणीमा मुद्धा दर्ता भयो, ।

केटिले अधिकारकर्मिहरु संग भेट्दा – मलाई पहिला उस्को जात थाहा थिएन् मलाई आफ्नो जात बताएको थिएन, मायाँ लाग्थ्यो जब जात थाहा भयो त्यसपछि माँया लागेन् भनिन् अधिकारकर्मि नेपालिले बताइन् ।

दोगडाकेदारका स्थानिय तथा महिला उत्थान समाज बैतडीका जिल्ला संयोजक काशि बिष्टले भने ‘केटि मेरो छिमेकी हो, केटिको घरबाट मलाई छोरी भागी भनेर फोन आएको थियो, प्रहरीले तपाईको छोरी केटा संग भाग्दै गर्दा समतेका छौँ घरबाट आएर लग्नुस् भनेको छ तर हामी गइसकेकी छोरी लाई ल्याउदैनौँ भन्दै थिए, मैले उनिहरुलाई बोलाएर बिवाह गरिदिनस् भनेको हुँ त्यसपछि केभयो मलाई थाहा भएन अब केटा फस्ने जस्तो देखिदैछ तर केटा दलितै भएपनि दुबैको बिवाह गरिदिनुपर्छ महिला उत्थान समाजका संयोजक बिष्टले भने, ।

उनले भने ‘केटाकेटि बिच प्रेम हुनु स्वभाविक हो त्यसैले दुबैको बिहे गरिदिनु नै उचित हुन्छ, पछिल्लो समय अन्तरजातिय बिवाहपनि धेरै भइरहेकाछन् उनिहरुको सम्बन्धका कारण दुबै जनाको जिन्दगी बर्वाद गर्नुभन्दा दुबैलाई बोलाएर बिवाह गरिदिनु उचित हुन्छ, यदि उनिहरुको उमेर पुगेको छैन् भने उमेर पुगेपछि बिवाह गरिदिनुपर्छ नत्र केटा जेल जाने सम्भावना देखिदैछ भने, केहिलाई पनि समाजले राम्रो दृष्टिकोणले हेर्दैनन् र दुबैको जिन्दगी बर्वाद हुन्छ ।

यो बिषयमा दोगडाकेदार गाँउपालिकाका अध्यक्ष चक्र कार्कि लाई पनि केटिका आफन्तले खबर गरेको र उनले पनि दुबै केटा केटिलाई बोलाएर बिहे गरिदिन सल्लाह दिएको बताए । केटाकेटि बिच प्रेम हुनु स्वाभाविक हो, तर बिवाह गर्न उमेर पुगेको छकी छैन् भन्ने कुरा मात्रै हो, त्यसैले उनिहरुको उमेर पुगेको भए बिवाह गरिदिए हुन्थ्यो अध्यक्ष कार्किले भने ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले भने केटिले आफुलाई जवरजस्तीकरणी भएको भनि मुद्धा हालेको र आफुहरुले मुद्धा दर्ता गरेर केटालाई हिरासतमा राखेको बताए । उनले भने ‘केटीले जबरजस्ती करणी भयो भनेर मुद्धा हालिन् हामीले दर्ता गरेका छौँ उनिहरुको उमेर कति हो त्यो पनि पत्ता लगाउछौँ । हामी संग मुद्धा दर्ता भैसकेपछि त्यसको छानबिन गर्नु पर्छ गरिरहेका छौँ कसैले जातिय बिभेद भयो भनेर मुद्धा हाल्यो भने त्यो अनुसार प्रक्रिया अगाडी बढाउला तर अहिले दर्ता भएको मुद्धामा हामी अघि बढ्छौँ ।

स्थानिय माधब बिष्टका अनुसार केटा को उमेर १८ बर्ष छ भने, केटिको उमेर २३ बर्ष छ । तर केटिले दिएको उजूरीमा आफ्नो उमेर १८ बर्ष उल्लेख गरेको प्रहरीले जनाएको छ ।

यो बिषयमा सबैकुरा जानकारी लिएर मात्रै कारवाहि अगाडी बढाउन दलित अधिकारकर्मिहरुले आग्रह गरेका छन् । सुरुमा प्रेम गर्ने पछि जात थाहा पाएपछि छोड्ने र बिभिन्न बहानामा मुद्धा हालेर केटालाई फसाउने, जेल हाल्ने, (कारागार पठाउने) प्रबत्ति मौलाउछ । यो अवस्था आउन नदिन स्थानिय तहहरुले अभियान समेत चलाउनुपर्ने अधिकारकर्मि बताउछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!