प्रलेस परिसंवाद सम्पन्न

मा प्रकाशित


काठमाडौँ ।
प्रगतिशील लेखक संघ केन्द्रीय समितिद्वारा हरेक महिनाको पहिलो शुक्रवार संचालन गरिने ‘प्रेलेस परिसंवाद’को तेह्रौं शृंखलामा अन्तर्गत ‘नेपाली गजलमा प्रगतिवाद’ विषयमा परिचर्चा सम्पन्न गरेको छ ।

नेपाली गजलमा विद्यावारिधि गरेका डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले गजल साहित्यको ऐतिहासिक परम्परा, नेपाली गजलको इतिहास, र नेपाली गजलमा प्रगतिवादको प्रारम्भ, विकास एवं मूल स्रस्टा तथा तिनका मूल प्रवृत्तिको बारेमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेका थिए । सो परिचर्चामा डा. विन्दु शर्मा, डा. भागवत ढकाल, भुवन निस्तेज, विष्णु थिङ्, आर. एम. डङ्गोल, नारायण निरासी आदिले विमर्शमा भाग लिएका थिए ।

प्रलेस केन्द्रीय अध्यक्ष मातृका पोख्रेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन प्रलेस केन्द्रीय महासचिव आर. एम. डङ्गोलले संचालन गर्नका साथै केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक डा. पुस्करराज भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रलेस केन्द्रीय उपाध्यक्ष खेम थपलिया, का. वा. कोषाध्यक्ष कृष्णहरि भट्ट, केन्द्रीय सदस्य गोपीरमण उपाध्याय, राष्ट्रिय परिषद सदस्य पुण्य घिमिरे लगायत तीस बढी स्रस्टाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: