प्रतिनिधिसभाका सांसदद्वारा सपथ ग्रहण

मा प्रकाशित


काठमाडौं ।
प्रतिनिधिसभा सांसदहरुले आज सपथ ग्रहण गरेका छन्। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद् भवनमा प्रतिनिधिसभाका सांसदहरुले सपथ लिएका हुन्।

सांसदहरुले विभिन्न १० भाषामा सपथ ग्रहण गरेको संसद् सचिवालयले जनाएको छ। सपथ कार्यक्रममा कतिपय सांसदहरु आफ्नो जातीय वेशभूषामा संसद् भवन पुगेका थिए। ज्येष्ठ सदस्यका रुपमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले सांसदहरुलाई सपथ गराएका थिए।

सांसदहरु ढिला आएकाले अपराह्न ४ बजेभन्दा करिब आधा घन्टापछि मात्र सपथ कार्यक्रम सुरु भएको थियो।

सपथमा राष्ट्रिय मान्यता पाएका दल एमाले, माओवादी केन्द्र, कांग्रेस, संघीय समाजवादी फोरम र राजपा नेपालका सांसदका साथै स्वतन्त्र हैसियतमा चुनाव जितेका सांसदहरु समेत उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!