पाटनमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

मा प्रकाशित


पाटन ।

बैतडीको सुन्दर नगरी पाटनमा शनिबार देखि राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । पाटन स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित सो प्रतियोगिताको पदेश नं. ७ का पर्यटन, उद्योग बाताबरण तथा वन मन्त्री मायादेबी भट्टले उद्घाटन गर्नु भएको हो ।

१० औं राष्ट्रिपति कप रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री भट्टले खेलाडीहरुले अनुशासित भएर देश निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टले युवाहरुलाई स्वरोजगार दिलाउन प्रत्येक स्थानीय तहमा घरेलु उद्योग स्थापना गरीने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्ट, पाटन नगरपालिका उप–प्रमुख सरस्वती कोली, जिल्ला विकास समितिका पूर्व–सभापति परमानन्द भट्ट, पाटन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख उत्तम सिंह भण्डारी र नेपाल क्रिकेट संघका केन्द्रीय अध्यक्ष चतुबहादुर चन्दले राष्ट्र निर्माणमा खेलाडीहरुको उल्लेखनीय योदान रहने बताउनुभयो ।

चार दिन सम्म सञ्चालन हुने सो प्रतियोगितामा जिल्ला भरीका ३२ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: