पर्यटन, वाताबरण तथा वनमन्त्री माया गृहजिल्ला बैतडीमा

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

प्रदेश ७ का पर्यटन, उद्योग, वाताबरण तथा वन मन्त्री माया भट्ट गृह जिल्ला बैतडी पुग्नु भएको छ।

मन्त्री बनेपछि पहिलो पटक बैतडी पुग्नु भएका मन्त्री माया भट्टले सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्नु भएको छ। माल्यार्पणपछिमन्त्री भट्ट नेकपा एमालेले पार्टी कार्यालयमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा सहभागि बन्नुभयो ।

बधाई तथा स्वागत कार्यक्रममा मन्त्री भट्टले आफ्ना पुराना संघर्षका दिन सम्झिदै एमालेको संगठन विस्तार गर्दा वास नपाएको र गाउँमा कम्युनिष्टलाई वास दिनुहुदैन मान्यताले पुराना दिन स्मरण गर्नुभयो। गरिब किसानको हकहितमा संगठन विस्तार गर्दा गाउँको अवस्था राम्ररी बुझेकोले निस्वार्थ काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

पार्टीले आफुलाई ठूलो जिम्मेवारीको भारी बोकाएको बताउँदै मन्त्री भट्टले आर्थिक संवृद्धिका सुदूर पश्चिममा जल, जगल , जडिबुटी, जमिन र पर्यटनको प्रचुर संभावना रहेको बताउनुभयो ।

आफु केही पाउनका लागि राजनीतिमा नलागेको उल्लेख गर्दै आम सर्वहारा वर्ग र महिलाको मुक्ति र सम्मानका लागि लड्दै आएकोले आफ्नो कार्यकालमा राम्रो काम गरेर देखाउने चाहना रहेको बताउँनुभयो ।

सिंहदरवारको अधिकार गाउँमा आएकोले अब प्रदेश स्थानीय तहको संम्बृद्धिका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: