पत्रकार महासंघले ६३ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने

मा प्रकाशित


काठमाडौं ।
नेपाल पत्रकार महासंघले आफ्नो ६३ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको छ ।

महासंघको बैठकले महासंघको ६३ औं स्थापना दिवसलाई विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको हो ।

अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले ६३औं स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा सचिवहरू रामप्रसाद दाहाल, प्रकाश थापा, शीतल महतो, लक्ष्मी पुन, रेम विश्वकर्मा र उदय जीएम रहेको समिति गठन गरेको छ ।

स्थापना दिवसका अवसरमा महासंघले चैत १६ गते महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्नुका साथै केन्द्रीय कार्यालयमा रक्तदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको महासंघका सचिव प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार त्यस्तै महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखाहरुलाई २०७४ चैत १६ गते रचनात्मक कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!