नोवेल पुरस्कार विजेता मलाला छ वर्षपछि पाकिस्तानस्थित गृहनगर पुगिन्

मा प्रकाशित


काठमाडौं ।
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पाकिस्तानस्थित आफ्नो गृहनगर पुगेकी छन्।

इस्लामवादी उग्रवादीहरूले छ वर्षअघि उनलाई उपत्यकास्थित मिङ्गोरामा गोली हानेयता पहिलोपटक उनी त्यहाँ पुगेकी हुन्।

हाल पाकिस्तानमा रहेपनि उनी सुरक्षा चिन्तामाझ आफ्नो गृहनगर जानेछिन् वा छैनन् भन्नेबारे प्रष्ट थिएन।

ब्रिटेनस्थित अक्फोर्ड विश्वविद्यालयमा पढाइ सकेपछि स्थायी रुपमा उनी स्वदेश फर्कन चाहन्छिन्। उनले तत्काल आफ्नो कुनै राजनीतिक महत्त्वकांक्षा नरहेको बताएकी छन्।

आफ्नो परोपकारी संस्था मलाला फन्डुमार्फत गरिरहेको कामबाट आफू खुसी रहेको उनले बताएकी छन्। उक्त संस्थाले बालिकाहरूको शिक्षाको क्षेत्रमा काम गर्दछ।

पाकिस्तानी बाल शिक्षा अभियानकर्ता मलाला युसुफजाइ र भारतीय बाल अधिकार अभियानकर्ता कैलाश सत्यार्थीलाई २०१४ को नोबेल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: