नेपालद्वारा हङकङ ५ विकेटले पराजित

मा प्रकाशित


काठमाडौँ ।
आइसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गतको अन्तिम खेलमा हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको छ ।

हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ५५ बल बाँकी छँदै भेट्टाएको हो । नेपाललाई जिताउने क्रममा नटआउट रहेका रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन बनाए । उनले ८६ बलको सामना गर्दै ५ चौका पनि हाने ।

त्यसैगरी नटआउट रहेका सोमपाल कामीले पनि उत्कृष्ट पारी खेल्दै ४० बलमा ३७ रन बनाए । सुरुवाती ब्याट्सम्यानहरु लगालग आउट भएको अवस्थामा सोमपाल र रोहितले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तीन खेलको पराजयपछि जित दिलाएका हुन् ।

हङकङका लागि इशान खान र ऐज खानले समान २-२ विकेट लिन सफल भए । यसअघि पहिले टस जितेर ब्याटिङ गरेको हङकङले ४८.२ ओभर खेल्दै १५३ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: