नगरप्रमुख चौधरी माथी भएको आक्रमणको नगरपालिका संघद्वारा भत्र्सना

मा प्रकाशित


बैतडी ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी माथी भएको साङ्गघातिक आक्रमणको नेपाल नगरपालिका संघले कायरतापूर्ण आक्रमण भन्दै घोर भत्र्सना गरेको छ ।

नेपाल नगरपालिका संघ ७ नं. प्रदेश समितिका संयोजक एवम् बैतडीको पाटन नगरपालिकाका मेयर केशव वहादुर चन्दले एक विज्ञप्ती जारी गर्दै नगरप्रमुख चौधरी माथी भएको साङ्गघातिक आक्रमण लज्जास्पद र निन्दनीय भएको उल्लेख गरेको छ ।

नगर प्रमुख माथी आक्रमण गर्ने व्यक्तिहरुको तत्काल खोजि गरि कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले सरकारको ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ । सोमवार राती घरमा सुतीरहेको वेला नगर प्रमुख चौधरी माथि अज्ञात समुहले खुकुरी प्रहार गर्नका साथै अन्दाध्वन्द गोली हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: