‘देशवासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ’ : प्रधानमन्त्री ओली

मा प्रकाशित


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको सामुहिक प्रयासले मात्रै देशमा शान्ति कायम गर्न सकिने बताएका छन् ।

श्रमण भगवान महावीरको २६१७ औं जन्म कल्याणक महोत्सवको आज उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेपाल जैन परिषदले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘समाजमा शान्ति सुव्यवस्था कायम गर्न हरेक ब्यक्तिको योगदान महत्वपूर्ण हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘मानिस मानसिक, आत्मिक रुपमा शान्त भएपछि व्यक्तिले अरुलाई दुःख दिनु हुँदैन भन्ने महसुस गर्दछ । यस्तो भावनाको विकास गर्न सकिए मात्र समाजमा शान्ति कायम हुन्छ।’

प्रधानमन्त्री ओलीले जनताको बलले संविधान निर्माण भएकोले अब देश निर्माणमा लाग्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘अब सबै जात, धर्म, सम्प्रदायले देश र देशवासीको हित, सुख र समृद्धिमा लाग्नु पर्दछ’ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!