डीपीएलले पायो आइसीसी मान्यता

मा प्रकाशित


काठमाडौं ।

धनगढी प्रिमियर लिग(डीपीएल)ले आइसीसीको मान्यता पाएको छ ।

आगामी चैत्र १७ गतेदेखि धनगढीमा सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को दोस्रो संस्करणलार्इ अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसीसीले मान्यता दिइएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार एकविज्ञप्ति जारी गरी आइसीसीले मान्यता प्रदान गरेको जनाएको छ ।

आइसीसीले डीपीएललार्इ दिएको मान्यताबाट नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रिय उचार्इ थप बढेको एकेडेमीले जनाएको छ ।

डीपीएलका अध्यक्ष सुवास शाही भन्छन् –रुस्लान डीपीएल–२लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको हामीले महसुस गरेका छौं ।

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडी टोलीसँग अनुबन्ध गर्न सहज भएको छ–अध्यक्ष शाहीले भने ।

आयोजकले यसपटक प्रत्येक टोलीलार्इ दुर्इ जना विदेशी खेलाडीहरु अनिवार्य गरेको थियो।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ। -प्रशासन डट कमबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: