घोडाघोडी नगरपालिकाका मेयर चौधरीलाई नेपालगंज लगियो

मा प्रकाशित


गोली र खुकुरी प्रहारबाट गम्भीर घाईते भएका घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीलाई नेपालगंज लगिएको छ ।

उनलाई अहिले भर्खर नेपालगंज लगेको छ । उनको अवस्था गम्भीर रहेको घोडाघोडी अस्पतालले जनाएको छ । कम्मरमा गोली प्रहार भएको हो ।

यस्तै टाउको र हातमा खुकुरी प्रहार भएको प्रहरी उपरिक्षक विनोद शर्मा घिमिरले बताए । प्रहरीका अनुसार उनी अचेत अवस्थामा छन् । सुखड बजारमै रहेको मेयरको घरमा उनीमाथि गोली र खुकुरी प्रहार भएको हो ।

कसले आक्रमण गर्यो भन्ने जानकारी हुन नसकेको प्रहरी उपरिक्षक घिमिरले जानकारी दिए । – epaschim today 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!