गलत समाचार लेखे १० वर्ष जेल

मा प्रकाशित


मलेसियाले सामाजिक सञ्जाल तथा अनलाइनहरूमा गलत समाचार रोक्नका लागि १० वर्ष जेल सजायको व्यवस्था लागु गर्ने तयारी गरेको छ।

गलत समाचार सम्प्रेषण गर्नेलार्इ १० वर्ष जेल सजाय वा एक लाख २८ हजार डलर (करिब एक करोड २८ लाख रुपैयाँ) जरिवाना वा दुबै जेल सजाय हुने व्यवस्था गरिएको हो।

यो विधेयक सरकारले निर्वाचनको केही दिन अगाडि सोमबार त्यहाँको संसद्मा पेस गरेको हो। विधेयकमा उल्लेख भएअनुसार ‘फेक न्यूज’ भन्नाले ‘समाचार, सूचना, प्रतिवेदन र डाटाहरू जुन पूर्ण वा अर्ध झुट छन्’ भन्ने रहेको छ ।

यो विधेयकले ब्लग, सार्वजनिक मञ्च तथा सामाजिक सञ्जाललार्इ समेत समेटेको बीबीसीले जनाएको छ।
-बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: