कराँते खेलाडी ठकुरीले तोडे आफ्नै कीर्तिमान

मा प्रकाशित


अमेरिकाको डिसी महानगर क्षेत्रका नेपाली मूलका विश्व कीर्तिमानी उज्ज्वल ठकुरीलाई अर्को विश्व किर्तिमान प्राप्त भएको छ । उनले आफैंले बनाएको कीर्तिमान तोड्दै छोटो समयभित्र पुनः दोस्रोपटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका हुन् ।

उनले गत वर्ष २०१७ को सेप्टेम्बर २३ का दिन १३९.४९ पौण्ड ( ६३.९७ केजी) मा विश्व कीर्तिमान गरेका थिए । उनले अर्को कीर्तिमान अमेरिकाको ओहायोको टोलेडोमा गएर गत वर्ष २०१७ को नोभेम्बर ४ मा १४२.४८ पौण्ड (६४.६३ केजी) को तौल दाँत र शरीरमा राखेर दुवै खुट्टा फाडेर विश्व कीर्तिमान गरेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई गत मार्च २ मा अमेरिकामा पत्राचार गरि विश्व कीर्तिमानी भनेर घोषणा गरेको छ।

यस्तो अभ्यास विश्वमा नयाँ मानिन्छ ।

ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!