उपराष्ट्रपति पुनद्वारा शपथ

मा प्रकाशित


काठमाडौं ।
नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुभएको हो ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो ।

उहाँ आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: