उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध

मा प्रकाशित


काठमाडौं ।
उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध भएका छन्। आज दिउँसो २ बजेसम्मको समयसीमामा उनको मात्र एकल उम्मेदवारी परेकाले पुन निर्विरोध भएका हुन् ।

सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रपतिमा उम्मेदवारी दिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपराष्ट्रपतिका लाागि भने उम्मेदवारी दिएन।

उनको प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन्। समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: