उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते हुने

मा प्रकाशित


काठमाडौं ।
राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने निर्णय गरेको छ।

निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय ३ गते तोकिएको छ। भोलि मतदाता नामावली प्रकाशन गरिने र ३ गते उम्मेदवारी दर्ता गरी ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

चैत ९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्ततर्राष्ट्रिय सम्मेलन केन्द्र भवनमा मतदान हुनेछ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!