Facebook Twitter Google+ Google+
DHO

स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग

Advertise Here

हरिश्चन्द्र बाग,
कञ्चनपुर ।

थारू समुदायका भलमन्साहरूले सम्बन्धित स्थानीय तहहरूमा आफ्नो प्रतिनिधित्व अनिवार्य हुनुपर्ने माग गरेका छन् ।

थारू समुदायको नेतृत्वको रूपमा रहेका थारू भलमन्साहरूले स्थानीय तहमा हुने भेला, गोष्ठी, सेमिनार देखि विविध सामाजिक कार्य र स्थानीय तह मातहतका संघसंस्थाहरूमा अनिवार्य प्रतिनिधित्व गराउनु पर्ने माग गरेका छन् ।

विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदाय र पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारू समुदायले समाजमा कुनै पनि कार्य गर्दा होस् अथवा कुनै समस्या आइपर्दा भलमन्सा, बडघर वा महतौहरूलाई सोधपुछ गरी उनीहरूकै सुझाव अनुसार काम गर्ने गर्दछन् ।

स्थानीय तहमा निर्वाचित थुप्रै जनप्रतिनिधिहरू थारू समुदायकै रहेपनि सबै वडाको प्रतिनिधित्व हुने गरी आफुहरूलाई समाबेश गर्नुपर्ने माग राखेका हुन् । उनीहरूले थारू समुदायमा चलिआएको प्रथा अनुसार न्यायिक कार्य स्वयं थारू भलमन्साको नेतृत्वमा हुनुपर्ने समेत माग गरेका छन् ।

हाल सम्म राज्यबाट कुनै पनि सुविधा नलिई सामाजिक कार्य गर्दै आएको भएपनि परिवर्तित समय र महंगीले गर्दा राज्य र समाजलाई समृद्ध बनाउन तल्लीन थारू बडघर, भलमन्सा तथा महतौलाई तलब भत्ताको व्यवस्था गर्नु पर्ने माग गर्दै सम्बन्धित स्थानीय तहमा ज्ञापनपत्र बुझाएको भलमन्सा क्षेत्रिय समितिका अध्यक्ष फूल चरण चौधरीले बताउनु भयो ।

यसैबीच शुक्रबार कञ्चनपुरको पुनर्वास नगर तदर्थ भलमन्सा समितिले नगर भलमन्सा भेला कार्यक्रमको आयोजना गरी १३ बुँदे माग पत्र नगर प्रमुख जीवन थापा लगायत वडा अध्यक्ष र सम्बन्धित निकायमा पेश गरेका छन् ।

माग पत्रमा माघी, होली र आइतवारी पर्वमा सार्वजनिक विदा दिनुपर्ने, नगरस्तरीय थारू संग्रहालय निर्माण हुनुपर्ने, सामुदायिक विद्यालयमा अनिवार्य पदेन सदस्य रहने व्यवस्था गर्नुपर्ने, भलमन्साको अभिलेख संकलन गरी राख्नुपर्ने र थारूहरूमा देखिने सिकलसेल एनिमिया लगायतका विभिन्न रोगहरूको निदानका लागि निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेको नगर भलमन्सा संयोजक सुमन चौधरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग
  • हरिद्वारका बाँदर बैतडीमा आतंक मच्चाउँदै
  • स्वस्थानी व्रत शुरु
  • १० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै
  • छाउपडी गोठ भत्काउने अभियान शुरु
  • १२ वर्षीय बालक तीन दिनदेखि राजधानीबाटै बेपत्ता
  • पाटनमा माटोको ढिस्कोले पुरिएकी महिलाको उपचारका क्रममा मृत्यु
  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • error: Content is protected !!