रौलेश्वरमा निःशुल्क स्वास्थ्य सिविर हुने

मा प्रकाशित


बैतडी ।

सुर्नया गाउँपालिकाको रौलेश्वरमा निःशुल्क स्वास्थ्य सिविर हुने भएको छ । यही माघ २२ र २३ गते बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर–५ स्थित रौलेश्वर मावि रामकी बराइलमा निःशुल्क स्वास्थ्य सिविर हुन लागेको हो ।

रौलेश्वर पूर्व विद्यार्थी समाज, सुर्नया गाउँपालिका र शुक्रपथ फाउण्डेसन, काठमाडौको सहयोगमा रौलाकेदार निःशुल्क स्वास्थ्य सिविर हुन लागेको सिविर संयोजक रिजन मडैले जानकारी दिएका छन् ।

उक्त निःशुल्क सिविरमा जनरल फिजिसियन, नाक, कान, घाटी, बालरोग, हाडजार्नी, दन्तरोग, स्त्री तथा प्रसूति रोग र समान्य ल्याव परिक्षण लगायतका सेवा उपलब्ध हुने संयोजक मडैले जानकारी दिएका छन् । उक्त सिविर सुर्नयावासीका लागि केही हदसम्म फलदायी हुने उनले बताए ।

‘हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको निःशुल्क स्वास्थ्य सिविरमा सम्बन्धित बिषयका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य जाच गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!