राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाइ

मा प्रकाशित


काठमाडौं ।
निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ।

चार प्रकारका मतपत्र हरियो र रातो दुई रङका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ।

राष्ट्रियसभाको निर्वाचनमा २ हजार ५६ जना मात्रै मतदाता छन्। ७ सय ५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता हुनेछन्। त्यस्तै, प्रदेशसभाका ५ सय ५० जना सांसदले पनि मत खसाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!