याँ सम्झीन्या कोई भएन डेउडा गीतको म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

मा प्रकाशित


पाटन ।

गीतकार पदम खड्काको “याँ सम्झीन्या कोई भएन” गितको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ ।

मुई डोली चढ्न्या बेला गीत बाट निकै चर्चा पाएका गायक बीरेन्द्र जोहारी र सिम्पल सिम्पल कान्छीको गीतकी गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको उक्त गीतका शब्दहरु पदम खड्काले लेखेका छन् भने लय गायक जोहारीकै रहेको छ ।

बिपिन आचार्यको संगीत संयोजन रहेको गीतको दृश्य निर्माण वर्ल्ड कभर मिडियाले गरेको छ भने उक्त गीतको छायांकन हरिश महरा र बिरेन्द्र भाट बिपिनले गरेका छन् ।

यस गीतमा निर्देशक बिरेन्द्र भाट बिपिनले करिश्मा ढकाल र राजेश खड्कालाई अभिनय गराएका छन । बिरेन्द्र भाट बिपिन र दिलिप तामाङ्गले सम्पादन गरेको यस गीतलाई गायक बीरेन्द्र जोहारीले आफ्नै युट्युब च्यानलबाट सार्बजनिक गरेका छन् ।

गीतको भिडियो तल हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: