मोडलिङमा जम्दै पुष्कर

मा प्रकाशित


बैतडी ।

छोटो समयमै चर्चित मोडल बन्न सफल बैतडीको पाटन नगरपालिका गुजरमा जन्मिएका पुष्कर बिष्ट आजभोली मोडलिङमा व्यस्त छन् । २६ बर्षका पुष्कर अहिले मोडलिङ क्षेत्रमा भिजेका छन् ।

पछिल्लो समयमा मोडलिङको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यति सजिलो पक्कै छैन ।

म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेका पुष्कर बिष्ट आफनो प्रतिभालाई चिनाउने क्रममा छन् । करिब ४ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

उनले हामी संग कुरा गर्दै भने एक्टिङ गर्नु भनेजस्तो सजिलो छैन यो क्षेत्र, पछिल्लो समय यो पेशामा मेहनत गरेर लागेको छु, आसा छ भोली मोडेल पुष्कर भनेर चिनिने छु ।

उनले अभिनय गरेका केहि देउडा गीतहरुले राम्रो बजार पाएका छन् । त्यस्तै पुष्करले एक आधुनिक गितको म्युजिक भिडियोमा पनि अभिनय गरीसकेका छन् । उनलाइ भोलीका दिनहरुमा हामी थुप्रै अभिनयहरुमा देख्न पाउने छौ ।

पछिल्लो समयमा गित संगित र ति गित संगितका म्युजिक भिडियो निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । गित संगितको क्षेत्रलाइ राज्यले पनि चासो दिनु पर्छ ।

जसले राम्रो अभिनय गर्न सक्छ उस्कै अभिनयले प्रथामिकता पाउनु पर्ने उनको भनाइ छ ।

उनले अभिनय गरेको नयाँ आधुनिक गीत यहाँ हेर्नुहोस्:- 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: