मोटरसाइकल दुर्घटनामा परी बेलौरीमा एक जनाको मृत्यु 

मा प्रकाशित


हरिशचन्द्र बाग,
कञ्चनपुर ।

मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको बेलौरीमा एक जनाको ज्यान गएको छ ।

गएराति एक बजे बेलौरीको भुराकोटबाट रिछाहा आफ्नै घर फर्कने क्रममा भुराकोट क्षेत्रमै विद्युतको पोलमा ठोक्किएर वर्ष ३२ का धनी राम चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनी आफन्तको विवाहबाट घर फर्कने समयमा दुर्घटनामा परेका हुन् । सोही मोटरसाइकलमा सवार कमान सिंह चौधरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!