भ्यालेन्टाइन डे लाई प्याड गिफ्ट डे को रुपमा मनाइने

मा प्रकाशित


बैतडी ।

फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइनडे अर्थात प्रेम दिवसको दिनलाइ सुरक्षीत महिनावारी राष्टिय अभियान सञ्जाल बैतडीले प्याड गिफ्ट डे को रुपमा मनाउने भएको छ ।

पछिल्लो समयमा ग्रामिणस्तरमा पनि प्रेम दिवस मनाइने क्रम बढ्दै गएकाले प्रेमको रुपमा गुलाफका फुल वा अरु उपहार दिनुको सट्टा आफ्नो प्रेमिकालाइ प्याड किनेर गिफ्ट दिएमा महिनावारी भएको बेला सुरक्षीत रहन सक्ने भएकाले त्यो दिनलाइ प्याड गिफ्ट डे का रुपमा मनाइन लागेको सञ्जाल बैतडीका अध्यक्ष इन्द्रसरा खड्काले बताउनुभयो ।

महिलाहरुका लागि फुल र अरु गिफ्ट भन्दा पनि प्याड आवश्यक पर्ने भएकाले स्वस्थ रहन आफ्नो प्रेमिकालाइ गिफ्टको रुपमा प्याड किनेर दिने प्रेमीहरुलाइ अध्यक्ष खड्काले आग्रह गर्नुभएको छ ।

पुरुषहरु प्याड भन्ने बित्तिकै लाज मान्ने, बजारबाट किनेर पनि नल्याइदिने गरेकाले यो दिनलाइ प्याड गिफ्ट डे नै मनाउने सुरक्षीत महिनावारी राष्टिय अभियान सञ्जाल बैतडीले आग्रह गरेको छ ।

फेब्रुअरी १४ तारिखका दिन प्रेम दिवसको अबसर पारी प्याड दिवस मनाइने भएकाले कार्यक्रममा सहभागी भइदिन पनि सञ्जालले सबैलाइ आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!