बैतडी काँग्रेसमा विवाद

मा प्रकाशित


बैतडी ।

नेपाली काँग्रेस बैतडीमा मनोनित पदको विषयलाई लिएर विवाद सिर्जना भएको छ । जिल्ला पार्टी साभापतिले पार्टी विधान अनुसार निर्णय गरेको जानकारी दिदै आउनुभएको छ भने पार्टी अनुशासन समितिले मनोनयन रोक्न पार्टी सभापतिलाई पत्र लेखेको छ । पार्टीभित्रको आन्तरिक विवाद यत्ति मै सिमित भएको छैन, सामाजि संजालमा समेत नेता–कार्यकर्तावीच आरोप पत्यारोप सुरु भएको छ ।

मनोनयनको विषयलाई लिएर नेपाली काँग्रेस बैतडी क्षेत्र नं.२ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले निर्वाचनका बेला पार्टीबिरुद्ध गतिविधि गर्ने र नेपाल सरकारका बहालवाला कर्मचारीलाई जिल्ला सभापतिले उपसभापतिमा मनोनित गरेको भन्दै निन्दा गर्नुभएको छ । कारबाही हुनुपर्ने मान्छेलाई पार्टीको उपसभापतिमा मनोनित गरेको भन्दै क्षेत्रीय सभापति चन्दले सामाजिक संजालमार्फत घोर निन्दा गरेको उल्लेख गर्नुभएको छ ।

जिल्ला पार्टी सभापति नरेन्द्रसिंह थापाले नेपाली काँग्रेसको विधान २०१७ को दफा १० को २ (क) ३ बमोजिम पार्टी सुदृढ गर्न यही माघ २५ गते चतुरबहादुर चन्दलाई उपसभापति पदमा मनोनित गर्न जिल्ला कार्यसमितिमा प्रस्ताप पेश गरेर ५१ प्रतिशत सदस्यले त्यसलाई पास गरेको बताउनुभयो । उपसभापतिमा मनोनित चतुरबहादुर चन्द नेपाल सरकारको स्थायी शिक्षक भएको एक पक्षको आरोप छ ।

तपाई अब शिक्षक कि पार्टी उपसभापति? भन्ने प्रश्न गर्दा उपसभापतिमा मनोनीत हुनुभएका चतुरबहादुर चन्दले शिक्षकबाट राजिनामा स्विस्कृतको प्रक्रियामा रहेकाले आफु नेपाली काँग्रेसको जिम्मेवार नेता भएको बताउनुभयो । काँग्रेसको नाम भजाएर आफ्नो दुनो सोझ्याउँदै आएका गलत तत्वले आफ्ना बिरुद्ध भ्रम फैलाएको चन्दले बताउनुभयो । ‘ठेक्का पट्टामा लागेका, गलत पृष्ठभूमिका व्यक्तिले पार्टीलाई पैसाले चलाउन खोजेका छन् त्यस्ता व्यक्तिलाई काँग्रेसको विधान र अनुशासन पढेर सुनाउँछौंं ।’ मनोनीत उपसभापति चन्दले भन्नुभयो ।

निर्वाचनका बेला पार्टी बिरुद्ध गतिविधि गर्नेहरुका नाममा माघ २५ गतेभित्र पार्टीमा उजुरी दिने निर्णय भएकोमा पार्टी सभापतिले विभिन्न पदहरुमा मनोनीत गरेर छानबीन प्रभावित गरेको अनुशासन समितिका संयोजक चक्र शर्माले जानकारी दिनुभयो ।

उपसभापतिमा मनोनित चन्दले भने पार्टीको आन्तरिक विषयलाई सामाजिक संजालमा हल्लाको विषय बनाएर काँग्रेसको नाम भजाएर खानेहरुलाई अनुशासन समितिले छानवीनको दायरामा ल्याएर कारबाही गर्नु पर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: