प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा

मा प्रकाशित


काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ । राजीनामा दिँदा दिँदै प्रधानमन्त्री देउवाले देशको नाममा सम्बोधन गर्दै  तीन तहको चुनाव सम्पन्न गर्नु नै सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

संविधान जारी भएपछि संविधानले व्यवस्था गरे अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउनको लागि सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद पनि दिनुभयो ।

यसअघि पनि नेपाली कांग्रेसले नेतृत्व गरेका सरकारले विभिन्न चुनाव सम्पन्न गरेको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकारले पनि नेपालको सङक्रमणकाल अन्त्यका लागि चुनाव गराउन सफल भएको बताउनुभयो । संविधान जारी भएदेखि संविधान कार्यान्यनसम्मका लागि नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले महत्वपूर्ण काम गरेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ मा शान्तिपूर्वक सबै तहका चुनाव गराउनु यो सरकारले गरेको महत्वपूर्ण उपलब्धि भएको देउवाले बताउनुभयो । ५० वर्षे आफ्नो राजनैनीतिक इतिहासमा आफूले देशका लागि यती ठूलो काम गर्न पाउछु भन्ने कल्पना पनि नगरेको भन्दै देउवाले सङक्रमण कालको अन्त्यका लागि काम गर्न पाउनु र सफल हुनु आफ्नो जिन्दगी कै सबैभन्दा महत्वपूर्ण काम भएको बताउनुभयो ।

विभिन्न तहका चुनाव र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण सरकारले चाहे जसरी विकास निर्माणका काम गर्न नसके भए पनि तराइ मधेश द्रुत मार्गको काम अगाडी बढाउनु, मेलम्चि खानेपानीको काम अन्तिम चरणमा पुग्नु, अरुण तेस्रो र माथिल्लो तामाकोशी जस्ता जलविद्युत आयोजनाको सुरुवात गर्नु यो सरकारले गरेका महत्वपूर्ण विकास निर्माणका काम रहेको प्रधानमन्त्री देउवाले बताउनुभयो । दार्चुलामा बनेको ३० मेगावाटको चमेलीयामा जलविद्युत आयोजना सम्पन्न हुनु पनि सरकारको उपलब्धि भएको उहाँले बताउनुभयो ।

छिमेकी राष्ट्र चिन र भारतसँग पञ्चशिलताको सिद्धान्तका आधारमा समान सम्बन्ध राखेको भन्दै आफूले गरेको भारतको राजकिय भ्रमणले नेपाल र भारतको सम्बन्ध मजबुत बनाएको बताउनुभयो । संयुक्त राष्ट्रसंघमा नेपालको उपस्थिती मजबुत बनाएको भन्दै उहाँले नेपालले सन २०३० सम्ममा प्राप्त गर्ने दिगो बिकासको लक्ष्यको रोडम्याप तयार भएको बताउनुभयो ।

सरकारले मूल्यवृद्धी कम गरेको तथा स्वदेशी विदेशी लगानी भित्र्याउन महत्वपूर्ण काम गरेको उहाँले बताउनुभयो । नेपालको आर्थिक विकासका लागि सरकारले महत्वपूर्ण काम गरेको भन्दै सरकारले स्वास्थ्य क्षेत्रमा पनि महत्वपूर्ण काम गरेको बताउनुभयो ।

पछिल्लो समय देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेका वृद्धलाई भत्ता दिने भनेर गरेको निर्णयको आलोचना भैरहेको समयमा त्यसलाइ स्पष्ट पार्दै उहाँले नेपालको ५० भन्दा धेरै जिल्लामा नेपाली नागरिकको आयू ७० वर्षभन्दा कम रहेको अवस्थामा ६५ वर्ष पुगेका नागरिकको जिवनस्तर चलाउन सहज होस भनेर ६५ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने निर्णय गरेको बताउनुभयो ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको पालामा भूकम्प पछिको पूननिर्माणको कामले गति लिएको उहाँले बताउनुभयो । सम्बोधनको अन्त्यमा उहाँले राष्ट्रियताको नाममा कसैलाइ काखा र कसैलाई पाखा गरेको भए शान्तिपूर्वक चुनाव सम्पन्न नहुने भन्दै नेपाली कांग्रेस सरकार बाहिर रहे पनि नेपाल र नेपालीको दुख र सुखमा सँगसँगै रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!