प्रदेश सातलाई मानव बेचबिखन मुक्त बनाउँछौँ : मुख्यमन्त्री भट्ट

मा प्रकाशित


कञ्चनपुर ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताएका छन् । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले प्रदेश सरकारले मानव बेचबिखनविरुद्ध कडा कानून बनाउने बताए । सरकारले कानून बनाएर मात्र यस्ता अपराध घटने होइन उनले भने “ कानून कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई समेत हामी कडा निर्देशन दिन्छौँ ।”

मुख्यमन्त्री भट्टले खुला सिमानाका कारण मानव बेचबिखनका घटना बढ्दै गइरहेकाले त्यसलाई न्यूनीकरण गर्न केन्द्रीय सरकारसँग पहल गरेर हेल्प डेस्कको स्थापना गर्ने बताए ।

माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: