प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए

मा प्रकाशित


काठमाडौं ।
निर्वाचन आयोगमा पाँच वटै राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सूची बुझाएका छन्।

आयोगले गत शुक्रबार मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सूची बुझाउन दलहरुलाई सोमबारसम्मको समय दिएको थियो। आयोगले दिएको तीन दिनको समयसीमाभित्र दलहरुले समावेशी समूहको प्रतिनिधित्व हुनेगरी उम्मेदवारको छनोट गरी आयोगमा बुझाएका हुन्।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै पाँच वटै दलले समावेशी समूहको प्राथमिकताको क्रममा आधारमा उम्मेदवार छनोट गरी सूची बुझाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!