पाटनमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

मा प्रकाशित


पाटन ।

पाटन नगरपालिकाद्वारा पाटनमा आयोजित खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।

मेन्स डबल्स खुल्ला प्रतियागितामा मोहित भण्डारी र सन्तोष कनौजियाको समुह प्रथम भएका छन् भने नरेन्द्र नाथ योगी र चन्द्र सिंह बबालको समुह द्धितिय भएका छन् । तृतिय हुनेमा राजेन्द्र बहादुर सिंह र लोकेन्द्र बिष्ट रहेका छन् ।

प्रतियोगीतामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने सबै टिमलाई प्रमाण-पत्र, पदक र पुरस्कार वितरण गरिएको छ ।

फाल्गुन ६ गतेदेखि  सञ्चालन भएको प्रतियोगीता सोमबार सकिएको हो । यसैबीच, प्रतियोगीता सम्पन्न भएपछि पाटन नगरपालिका वडा नं ६ का अध्यक्ष राजेन्द्र सिंह बिष्टले आगामी वर्षदेखि ब्याटमिन्टन प्रतियोगितालाई निरन्तरता दिनका लागि नगरपालिकाबाटै बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

खेल सञ्चालनका लागि महत्वपूर्ण सहयोग गर्नु हुने कालिका वर्तन भण्डार, शिब सागर स्टेशनरी, अवस्थी होटेल तथा खेलाडीहरुलाई कपिल केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: