‘पद्मावत’ फेम दीपिका पादुकोण नेपाल आउँदै साथमा इरफान पनि

मा प्रकाशित


काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता इरफान खान फिल्म ‘रानी’ को सुटिङका लागि नेपाल आउने भएका छन् । उनीहरु मार्च ५ मा नेपाल आउन लागेका हुन् ।

पादुकोण सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै अब लेडी डन बन्ने भएकी छन्। ‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भूमिकामा देखिने छिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भूमिका निभाउने छन्।

दिपीकाले सपना दिदीको अभिनय गर्न माफिया र गुण्डाको भाषा सिकिरहेकी छन्। सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: