Facebook Twitter Google+ Google+
DHO

नेपालद्वारा केन्या ३ विकेटले पराजित

Advertise Here

काठमाडौं ।
नामिवियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालद्वारा केन्या ३ विकेटले पराजितले भएको छ । सोमबार भएको चौथो खेलमा केन्यालाई ३ विकेटले हराउँदै नेपालले तेस्रो जित निकालेको हो ।

विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा केन्याले दिएको १७८ रनको लक्ष्य नेपालले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर पुरा गर्यो । खराब सुरुवात गरेको नेपालको जितमा मध्य क्रमको ब्याट्सम्यानद्वय रोहित कुमार पौडेल र आरिफ शेखले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गरे । यसै प्रतियोगिताबाट डेब्यु गरेका रोहितले ४७ तथा आरिफले ४२ रनको योगदान गरे ।

यस्तै कप्तान पारस खड्काले ४२ रनको योगदान दिए । नेपालले मात्र १४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । तर, कप्तान पारसले ४४ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै नेपालको पारी उकासेका थिए । नेपालका शरद भेषवाकरले १९ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रन बनाए । डेब्यु खेलाडी अनिल कुमार साह शुन्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरी एक रनमा पेभेलियन फर्किए । सोमपाल कामी ५ तथा करण केसी सुन्य रनमा अविजित रहे । केन्याका इम्यानुएल बुन्दीले ३ तथा नेहिम ओधिअम्बो, नेल्सन ओधिअम्बो र शेम नोग्चेले समान १ – १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नेपालद्वारा केन्या ३ विकेटले पराजित
  • टिकापुर र इन्टर डिस्ट्रिक्टको जित
  • नामिबियामाथि नेपालको रोमाञ्चक जित
  • ट्यालेन्ट हन्टबाट डिपीएल खेल्ने मौका
  • ईपीएलमा काठमाडौंको पहिलो जित
  • प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित
  • रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी
  • error: Content is protected !!