निर्माण ब्यवसायी संघ बैतडीको अध्यक्षमा सुरेश चन्द

मा प्रकाशित


बैतडी ।

निर्माण ब्यबसायी संघ बैतडीमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्बसम्मत चयन भएको छ ।

शनिवार भएको ८ औं जिल्ला अधिबेशनबाट सुरेश चन्दको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।

प्रथम उपाध्यक्षमा कमल सिंह बोहरा र द्धितीय उपाध्यक्षमा दमन कुँवर, महासचिवमा विकास चन्द सचिवमा भुवन चन्द, कोषाध्यक्षमा भरत मोहन बिष्ट चयन भएका छन् ।

त्यस्तैगरी जिल्ला कार्यसमिति सदस्यमा पूर्ण बहादुर टेर, रामशरण भट्ट, गणेश दत्त भट्ट, शंकर सिंह कार्की, चक्र बहादुर चन्द, सरस्वती लेखक, तुलाराम भट्ट, बिनोद भट्ट चयन भएको प्रमुख निर्वाचन अधिकृत कैलाश कुमार कनौजियाले जानकारी दिए ।

त्यस्तै संघको पहिलो बैठक बसी हरजित चन्दलाई सदस्यमा मनोनित गरिएको महासचिब विकास चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!