तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरे कप्तान पारस खड्काले

मा प्रकाशित


काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्।

उनी नेपालका लागि तेस्रो शतक बनाउने पहिलो खेलाडी हुन्। उनले खेलमा नटआउट १ सय १२ रन जोडे। उनले १ सय ३ बल खेल्दा ३ चौका र ८ छक्का प्रहार गरे।

खेलमा नेपाल ७ रनले पराजित भयो। पराजयसँगै नेपाल उपविजेतामै सीमित बन्यो। अन्तिम ओभरमा युएईलाई पराजित गर्न २८ रन चाहिएको बेला पारसले अन्तिम ४ बलमा तीन छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।

कीर्तिपुर मैदानमा भएको खेलमा पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: