चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन

मा प्रकाशित


काठमाडौँ ।

भारतीय फिल्म जगतकी सुप्रसिद्ध अभिनेत्री श्रीदेवीको निधन भएको छ । भारतीय मिडियाका अनुसार गत राति दुबईमा ह्रदयघातका कारण उनको मृत्यु भएको हो । समाचार एजेंसी पिटिआईका अनुसार उनी एउटा विवाह समारोहमा सरिक हुन दुबई गएकी थिइन् ।

सन १९६३ अगस्त १३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवीले चार वर्षको उमेर देखि नै चलचित्रमा अभिनय गर्न थालेकी थिइन् । उनको पहिलो सिनेमा ‘कन्धन करुणई’ थियो । यो तमिल भाषामा बनेको थियो । उनको पहिलो हिन्दी चलचित्र १९७९ मा बनेको ‘सोलहवाँ सावन’ थियो ।

बलिउडमा पाइला राखेपछि सन १९८० को दशकमा उनले हिम्मतवाला, तोहफा, मिस्टर इण्डिया, नगीना जस्ता सुपर हिट चलचित्रका माध्यमले एकछत्र राज गरेकी थिइन् । उनलाई बलिउड फ़िल्म इंडस्ट्रीमा ‘लेडी अमिताभ बच्चन’ भनिन्थ्यो ।

फिल्म निर्माता बोनी कपूरसँग विवाह गरेर उनी १९९७ देखि उनी १५ वर्षसम्म पर्दामा देखिइनन् । पछि २०१२ मा उनको कम्बयाक फ़िल्म ‘इंग्लिश भिंलिश’ पनि सुपरहिट रहेको थियो ।

२०१३ मा उनलाई भारत सरकारले पद्मश्री सम्मानबाट सम्मानित गरिसकेको छ । २०१७ मा उनको चलचित्र ‘मम’ आएको थियो । उनले हालसम्म करिब ३ सय चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: