Facebook Twitter Google+ Google+
DHO

चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो

Advertise Here

बैतडी ।

मंगलबार साँझ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदिप बानियाले जानकारी दिएका छन् ।

गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए ।

समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । पाँच जनालाई उपचारका लागि हेलीकोप्टरमा काठमाण्डौं लगिएको सेनानी बानियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!