कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गते

मा प्रकाशित


काठमाडौं ।
नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको निर्वाचन फागुन २१ गते गर्ने निर्णय गरेको छ। कांग्रेसले निर्वाचनबाटै संसदीय दलको नेता चयन गर्ने भएको हो ।

पार्टी मुख्यालयमा बसेको बैठकले संसदीय दलको निर्वाचन समिति गठन गरेको केन्द्रीय सदस्य ५ । बैठकले चीनकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे रहेका छन्।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंहले दाबी प्रस्तुत गर्दै आएका छन्। संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि कांग्रेसले निर्वाचन गर्ने निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!