कांग्रेस बैतडीको उप–सभापतिमा चन्द

मा प्रकाशित


बैतडी ।

नेपाली कांग्रेस बैतडीको उप–सभापतिमा चतुर बहादुर चन्द मनोनित भएका छन् ।

आज बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनित गरेको जिल्ला सभापति नरेन्द्र सिंह थापाले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको विधान २०१७ (संसोधित सहित ) को दफा १० को २ क(३) बमोजिम जिल्ला कर्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि मध्येवाट पदाधिकारी मनोनयन हुने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेस बैतडीको १३ औं जिल्ला अधिवेशन सम्पन्न भएको २ बर्ष सम्म पनि पुर्ण हुन नसकेको अवस्था तथा बैतडीमा नेपाली कांग्रेसको संगठनलाई सुदृढ गर्ने उद्देश्यले चन्दलाई उप–सभापतीमा मनोनित गरेको सभापति थापाले बताउनुभयो ।

उप–सभापतिमा मनोनित चन्द यसअघि नेपाली कांग्रेसका महासमिति सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!