एमाले र माओवादीबीच पार्टी एकताका लागि सात बुँदे सहमतिमा हस्ताक्षर

मा प्रकाशित


काठमाडौँ ।
नेकपा एमाले र माओवादी केन्द्रबीच सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ। नेपालको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने उद्देश्यसहित गत असोज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

पार्टी एकता संयोजन समितिका ८ जना नेताले हस्ताक्षर गरेको सहमतिमा एकीकरणका प्रारम्भिक आधारहरु उल्लेख छन्।

पहिलो बुँदामा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने उल्लेख छ भने दोस्रो बुँदामा पार्टीको निर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद रहने उल्लेख छ।

पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय यसमा खुलेको छैन। यसमा माओवादीको माओवाद र एमालेको जनताको बहुदलीय जनवादलाई दुवैलाई असर नपर्ने गरी सैद्धान्तिक विषयमा विन विन स्थिति बनाइएको देखिएको छ।

यही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गरिने पाँचौँ बुँदामा उल्लेख छ।

आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा सम्पन्न गरिने सातौँ बुँदामा उल्लेख छ।

संयोजन समितिमा माओवादी केन्द्रका तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्। एमालेका तर्फबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलले सहमतिमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!