Facebook Twitter Google+ Google+
DHO

एक महिना देखि लुकाइएको ब्लक वितरणको निर्णय बल्ल सार्वजनिक

Advertise Here

बैतडी । 

एक महिना अघि देखि विद्यालयहरुलाई ब्लक वितरण गरेको निर्णय लुकाउँदै आएको जिल्ला शिक्षा कार्यालय बैतडीले बल्ल सार्बजनिक गरेको छ ।

सूचनाको हक सम्बन्धि ऐन २०६३ अनुसार सुरुमा सूचना अधिकारी र त्यसपछि जिल्ला शिक्षा अधिकारीलाई निवेदन दिएपछि बल्ल सार्बजनिक गरेको हो 

शिक्षा कार्यालयले गत पुषमा नयाँ भवन निर्माण, मर्मत, शौचालय निर्माण लगायतका पूर्वाधारका योजनाहरु वितरण गरेको सूचना सार्वजनिक भएको थियो । यद्यपी शिक्षा कार्यालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको थिएन् । 

जनस्तरमा ब्लक बितरणका क्रममा अनियमितता गरिएको गुनासो आइरहँदा शिक्षा कार्यालयले भने उक्त निर्णय सार्बजनिक गर्न आनाकानी गरिरहेको थियो । शिक्षा कार्यालयले कहिले कार्यालयका इन्जिनियर गुनबहादुर मल्लले माईन्यूट झोलामा हालेर लगेको त कहिले निर्णय नै भएको छैन भनेर आलटाल गरिरहेको थियो । 

गत पुषमा वितरण गरिएको उक्त निर्णयबारे सूचना माग गर्दै जिल्लाका संचारकर्मीहरुले माघ ५ गते सूचना अधिकारी शंकरदत्त जोशीलाई उक्त निर्णयको फोटोकपी माग गर्दै निवेदन दिएका थिए । सूचनाको हक सम्बम्धि ऐन अनुसार १५ दिन भित्र अथवा माघ २० गते भित्र लिखित रुपमा सूचना दिनुपर्ने भएपनि उक्त अवधीमा सूचना नदिइएपछि पुनः माघ २२ गते जिल्ला शिक्षा अधिकारीलाई निवेदन दिएपछि बल्ल उक्त निर्णयको फोटोकपी उपलब्ध गराएको हो ।

२२ गते दिइएको निवेदनमा सूचना अधिकारी जोशीमाथि कारवाहीको माग समेत गरिएको छ । जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी शंकरदत्त जोशीले सूचनाको हक सम्बन्धि ऐन अनुसार १५ दिन भित्र सूचना नदिएकाले स्वयं जिल्ला शिक्षा अधिकारीले उपलब्ध गराउन माग गर्दै शिक्षा कार्यालय पुगेका संचारकर्मीहरुको दोस्रो निवेदन दर्ता नै गर्न मानेका थिएनन् ।

जिल्ला शिक्षा अधिकारी लालसिंह टेर तथा सूचना अधिकारी जोशीले दोस्रो निवेदन दर्ता नगरी फिर्ता गर्न दबाव समेत दिएका थिए । बल्लतल्ल उपलब्ध भएको ब्लक वितरणको निर्णयमा कति गते भन्ने स्पष्ट खुलाइएको छैन भने २१ गतेको मिति राखेर सूचना उपलब्ध गराइएको छ ।

निर्णयको माइन्यूटको फोटोकपी मागिएको भएपनि निर्णय गर्दा को-को उपस्थीत थिए भन्ने नखुलाइ विद्यालयहरुको सूची मात्र उपलब्ध गराइएको छ । उक्त विवरणमा बिभिन्न पालिकाहरुमा रहेका विद्यालयको नाम र गाउँको नाम मात्र उल्लेख भएको छ भने वडा नंम्बर उल्लेख गरिएको छैन ।

शिक्षा कार्यालयले १२ बिद्यालयलाई चार कोठे भवन, ७० विद्यालयलाई २ कोठे भवन, २०÷२० वटा विद्यालयलाई छात्रा शौचालय तथा वास सहितका शौचालय र ६० विद्यालयको मर्मत कार्यक्रमबारे पुषमा भएको निर्णय हालसम्म गोप्य राखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!