अन्तत: रेशम चौधरीले गरे आत्मसमर्पण

मा प्रकाशित


कैलाली ।

टीकापुर घटनाका मुख्य योजनाकार भनिएका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् ।

चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भई अदालतसामू आत्मसमर्पण गरेका हुन् ।

राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी फरार रहेकै अवस्थामा भारी मतान्तरले विजयी भएका थिए ।

फरार रहेका चौधरीले चुनाव जितेको प्रमाणपत्र पाउन नसकेपछी वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै उनि सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार रहेका थिए ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: